+
+

कीर्तिपुरमा माओवादीको चुनावी सभा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ मंसिर १३ गते १५:३४

१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ । कीर्तिपुरस्थित नगाउँ दोबोटोमा आयोजित भएको चुनावी सभामा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायतका शीर्ष नेताहरूको उपस्थिति छ ।

आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन हो । आज माओवादीसहित एमाले, कांग्रेसले पनि कीर्तिपुरमा सभा आयोजना गरेका छन् ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीका उम्मेवारलाई र स्वतन्त्र उठेको नरेश श्रेष्ठले राजमान मानवलाई समर्थन गरेका छन् ।

स्वतन्त्र उम्मेदवार राजमानको पक्षमा धरानका मेयर हर्क साम्पाङले चुनावी सभामा सम्बोधन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?