+
+

कुमा सागर, एक्सिस र झिल्के एन्ड कम्पनी ब्यान्डले एकसाथ नेपाल टुर गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १५:३४

काठमाडौं । तीन सांगीतिक समूह ‘कुमा सागर एण्ड द ख्वपः’, ‘एक्सिस’ र ‘झिल्के एण्ड द कम्पनी’ले एकसाथ नेपाल टुर गर्ने भएका छन् । ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको टुर पूर्वको झापाबाट सुरु हुनेछ ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कले टुर आयोजना गरेको हो । ‘झिल्के एण्ड द कम्पनी’ समूहका गायक स्टिभ देवानका अनुसार टुर आगामी पुस ६ देखि सुरु भएर माघ २५ सम्म चल्नेछ । टुर तालिका अनुसार रुपन्देहीमा पुस ९, काठमाडौंमा पुस १६, भक्तपुरमा माघ २, पोखरामा माघ १८, चितवनमा माघ १९ र सुनसरीमा माघ २५ मा कन्सर्ट हुनेछन् ।

पहिलो चरणमा झापा, रुपन्देही र काठमाडौंमा, दोस्रो चरणमा सन् २०२५ मा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा कार्यक्रम हुनेछ । ‘हामीले कार्यक्रमको नारा ‘लेट्स गेट लाउड नेपाल’ राखेका छौं । झापामा कार्यक्रम गर्दा ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाइड झापा’ हुनेछ । यसरी नै ठाउँ अनुसार नाम फेरिनेछ’, स्टिभले भनेका छन् ।

ब्यान्डले प्रत्येक जिल्लामा हुने कार्यक्रममा पाँच हजार भन्दा धेरै दर्शकको उपस्थिति हुने आशा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?