+
+

न्युजिल्याण्डका मार्टिन गप्टिल पहिलोपटक नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १६:३०

१३ मंसिर, काठमाडौं । आगामी शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किङ्सबाट खेल्न न्युजिल्याण्डका चर्चित खेलाडी मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।

गप्टिल बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । पहिलोपटक नेपाल आएका गप्टिललाई स्वागत गर्न विराटनगरका टिम अफिसियलहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा क्यानडाका निकोलस किर्टन, ओमानका आकिब इलियास, स्कटल्याण्डका क्रिस सोल र इस्मत आलम छन् ।

यसअघि आजै निकोलस किर्टन पनि काठमाडौं आइपुगेका थिए । प्रशिक्षक केभिन ओ ब्रायन पनि नेपाल आइसकेका छन् ।

विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् । विराटनगरले पहिलो खेलमा उद्घाटनकै दिन मंसिर १५ गते जनकपुर बोल्ट्ससँग खेल्ने छ ।

३८ वर्षीय गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । उनी एनपीएलका लागि अनुबन्ध हुने अहिलेसम्मकै ठूलो नाम र स्टार खेलाडी हुन् ।

गप्टिलले किवी टोलीका लागि ४७ टेष्ट, १९८ ओडीआई र १२२ टी-२०आई खेल खेलेका छन् । उनले ३४७ टी-२० खेल खेलेका छन् ।

ओडीआईमा एकै खेलमा अविजित २३७ रन बनाएका गप्टिलले टी-२० आईमा २ शतक प्रहार गरेका छन् । टी-२० आईमा उनको उच्च स्कोर १०५ रन हो ।

उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन् । यस्तै टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् ।

विश्वभर सबैखाले टी-२० खेलमा गरेर गप्टिलले ९ हजार भन्दा बढी रन बनाएका छन् ।

उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमियर लिग आईपीएल खेलिसकेका छन् । यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?