
१३ मंसिर, काठमाडौं । नेपाल लेखामान बोर्ड अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्ड अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले उनीहरूलाई ती संस्थाका अध्यक्ष नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए ।
कार्यक्रममा नवनियुक्त अध्यक्षहरू ढुंगेल र उपाध्यायले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4