+
+

काठमाडौं आइपुगे भारतीय कमेडियन सुनिल ग्रोवर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १८:५९

काठमाडौं । हास्य प्रस्तुति दिन चर्चित भारतीय कमेडियन सुनिल ग्रोवर विहिबार काठमाडौं आइपुगेका छन् । शुक्रबार बेलुका नयाँ बानेश्वरको एभरेस्ट होटलको मैदानमा ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ आयोजना हुँदैछ ।

लिक्विड इन्टिलिजेन्सले ग्रोवरलाई नेपाल ल्याएको हो । आयोजकतर्फका विभूषण गौतमले लोकप्रिय नेपाली ब्यान्ड कुटुम्बसँगै ग्रोवरले प्रस्तुति दिन लागेको जानकारी दिए ।

उनका अनुसार ग्रोवरले आफ्ना चर्चित हास्य प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । आफ्ना कमेडी क्यारेक्टरमार्फत चर्चित ग्रोवरले अहिले नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको ‘द ग्रेट इन्डियन कपिल शो’मा प्रस्तुति दिइरहेका छन् ।

सोनी टिभीमा प्रसारण भएको ‘द कपिल शर्मा शो’बाट उनी चर्चामा आएका थिए । उनले त्यसमा रिंकु भाबी र डा. महसुर गुलाटीको भूमिकामा अभिनय गरेका थिए । हाल उनी नेटफ्लिक्समा स्ट्रिमिङ हुँदै आएको ‘द ग्रेट इण्डियन कपिल शो’मा देखिंदै आएका छन् ।

सुनिलको यो दोस्रो काठमाडौं आगमन हुनेछ । यसअघि २०७४ सालमा नेपाल आउँदा उनले पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका थिए । नेपालमा समेत उनको फ्यान क्रेज लोभलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?