+
+

चार बुँदे सहमतिपछि खुला विश्वविद्यालयमा लगाइएको ताला खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १९:३१

१३ मंसिर, काठमाडौं । नेपाल खुला विश्वविधालय कार्यकारी परिषद् र शिक्षक– कर्मचारी संघर्ष समितिबीच चार बुँदे सहमति भएको विश्वविद्यालयमा लगाइएको ताला खुलेको छ । बिहीबार दुईपक्षबीच चार बुँदे सहमति भएको संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले बताए ।

‘स्थायी नियुक्ति गर्ने प्रक्रिया तत्काल थालनी गर्ने सहमति भएको छ,’ संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले भने ।

विश्वविद्यालयका शिक्षक कर्मचारीको श्रम ऐन तथा श्रम नियमावली अनुसार सेवा सुविधा प्रदान गर्न कार्यविधि बनाउन समिति गठन गर्ने सहमति भएको उनले बताए । ‘सहमतिपछि ताला खोलेका छौं,’ उनले भने ।

खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो ।

तर, स्थायीको प्रक्रिया अहिलेसम्म अगाडि बढेको थिएन । सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाबाट पनि वञ्चित भएको उपप्राध्यापक भोजराज घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?