+
+

चन्दा असुल्न पुगेका श्रमिक कम्युनिस्ट पार्टीका संयोजकसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते २०:२९

१३ मंसिर, धनगढी । कैलालीमा चन्दा असुल्न खोजेको आरोपमा श्रमिक कम्युनिस्ट पार्टी नेपालका जिल्ला संयोजकसहितका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दगोरिया गाउँपालिकामा पुगेर सहयोग रसिद देखाएर चन्दा माग्ने क्रममा कैलाली संयोजक अछामको तुर्माखाद गाउँपालिका–४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय मुक्तिराम गैरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेको भनी गुनासो आएपछि इलाका प्रहरी कार्यालय बौनियाको टोलीका दुवै जनालाई बिहीबार पक्राउ गरेको जानकारी दिए ।

उनीहरूको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको पर्चा, पम्पलेटसहित ३ थान ठेली (नगदि रसिद) समेत बरामद गरिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय बौनीयाले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?