+
+

दशरथ रंगशालाका भित्तामा खेल चित्र (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ मंसिर १४ गते ७:५९

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशरथ रंगशाला क्षेत्रको पर्खालमा विभिन्न खेलका चित्र अर्थात् मुराल बनाएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा महानगरपालिकाले भित्तेचित्र बनाएको हो ।

भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, डण्डिबियो, बुद्धिचाल, बक्सिङ, गुच्चा, गट्टा खेलेकादेखि साइकलका पाङ्ग्रा गुडाउँदै दौडिएका बच्चासम्म चित्रहरु भित्तामा कोरिएका छन् । रंगिन भित्तेचित्र आकर्षक देखिन्छन् ।

शहरको सौन्दर्यीकरण अभियानअन्तर्गत भित्तेचित्र बनाएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यसअघि धरहरा क्षेत्र वरपरका भित्तामा पनि आकर्षक रंगिन चित्र कोरिएको थियो । त्यहाँ परम्परागत नेवारी संस्कृति, जात्रा, पहिरन, पेशाका चित्र बनाइएको थियो ।

यस्तै कोटेश्वरको सरस्वती पार्कमा राष्ट्रिय महिला फुटबल खेलाडीमा गोल मसिन भनेर चिनिने सावित्रा भण्डारी ‘साम्बा’ र दिवंगत फुटबलर मणि शाहको पनि भित्तेचित्र बनाइएको छ ।

माइतीघर, बबरमहल, मीनभवन, बानेश्वर, लैनचौर लगायतका क्षेत्रमा पनि यस्ता भित्तेचित्र बनाइने महानगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् दशरथ रंगशाला क्षेत्रको पर्खालमा बनाइएका चित्र-

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?