+

यू-१९ एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

२०८१ मंसिर  १४ गते १०:३३ २०८१ मंसिर १४ गते १०:३३
यू-१९ एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

१४ मंसिर, काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।

केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबार यूएई पुगेको थियो । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् ।

पहिलो पटक यू-१९ टिमको प्रशिक्षण सम्हालेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन् ।

नेपालको प्लेइङ ११ :

एसिसी यू-१९ एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय