+

फिफा वरियतामा नेपालको एक स्थान सुधार

२०८१ मंसिर  १४ गते ११:४३ २०८१ मंसिर १४ गते ११:४३
फिफा वरियतामा नेपालको एक स्थान सुधार

१४ मंसिर, काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औं स्थानमा छ ।

नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९३५ थियो । अहिलेको नयाँ वरियतामा नेपालले ३ अंक थप्दै ९३८ बनाएको छ ।

नेपालले यसै महिना ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । ताजिकिस्तानसँग पराजित भएपनि अफगानिस्तानलाई भने हराएको थियो ।

आफू भन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो । दक्षिण एसियामा भारत सबैभन्दा अघि १२७औं स्थानमा छ ।

अर्जेन्टिना शीर्ष स्थानमा कायम रहँदा फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छन् ।

फिफा वरियता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय