+
+

फ्रेन्ड्स सिनेमाजको दोस्रो चेन बुटवलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १२:२०

काठमाडौं । बुटवलमा शुक्रबारदेखि नयाँ सिनेमा हल फ्रेन्ड्स सिनेमाज् खुलेको छ । २२२ सिट क्षमताको हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ ।

धरानको फ्रेन्ड्स सिनेमाजले दोस्रो चेनको रुपमा सञ्चालनमा ल्याएको यो हलमा फिल्म वितरणमा समेत सक्रिय आशिष तामाङ, प्रदीप धामी र पुष्कर घिमिरेको लगानी छ । हललाई रोयल सिने हब प्रालिले सञ्चालन गर्नेछ ।

आफूहरुले नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि र सेवा सुविधासहित हल सञ्चालनमा ल्याएको सञ्चालकमध्येका तामाङले जनाए । हल खोलेको अवसरमा पहिलो साता १५० रुपैयाँ टिकट तय गरिएको उनले जनाए ।

बिहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ । दैनिक ६ शोसम्म चलाउन सकिने छ ।

हल सञ्चालनसँगै फिल्म वितरणमा समेत सक्रिय टिमले कुबेर सिने डिस्ट्रिब्युसनमार्फत अहिलेसम्म ‘फर्की फर्की’, ‘खुस्मा’ र ‘१२ गाउँ’ लगायतका फिल्म वितरण गरेको छ । अबदेखि ‘ऊनको स्वीटर’, ‘बलिदान’, ‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउने तयारी छ । मुलुकका अन्य ठाउँमा समेत फ्रेन्ड्स सिनेमाजको फ्रेन्चाइज बिस्तार गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?