
१४ मंसिर, काडमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका फर्फुमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।
दुर्घटनामा गोकुलगंगा गाउँपालिकाका जनप्रतिनिधि पनि परेको प्रारम्भिक जानकारीमा आएको मगरले बताए । ‘हामी अहिले त्यतै जाँदैछौं, थप केहीबेरमा खुल्ला’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4