+
+

सोनु निगमले काठमाडौंमा ‘उकाली ओराली गर्दै’ गाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १३:१७

काठमाडौं । लोकप्रिय भारतीय गायक सोनु निगमले नेपाली फिल्मका केही गीतमा पार्श्व गायन गरेका छन् । २०५३ सालको हिट फिल्म ‘सिमाना’मा समावेश चर्चित गीत ‘उकाली ओराली गर्दै’ उनले नै गाएका हुन् ।

सोनु निगम क्रिसमसको अवसरमा पुस १० गते काठमाडौंमा गुञ्जिंदैछन् । हायात होटलको मैदानमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा नेपाली प्रशंसकले उनलाई सुन्न पाउनेछन् ।

यो सन्दर्भमा गायक निगमले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै नेपाली फ्यानलाई सम्बोधन गर्दै छिट्टै भेट्न आफू आतुर रहेको बताएका छन् । उनले ‘उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै’ गीत गाउँदै यो गीत पनि कार्यक्रममा सुनाउने जनाएका छन् ।

‘धेरै भयो तपाईंहरुसँग नभेटेको, डिसेम्बर २५ मा भेट्नेछु’ उनले भनेका छन् । नेपाली टचले निगमलाई यो प्रतीक्षित कन्सर्टका लागि नेपालमा ल्याउन लागेको हो । नेपाली टचले विगत १५ वर्षदेखि अस्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा नेपाली टच ‍नेपालका प्रमुख राजकुमार गोस्वामीले नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । ‘हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ । यहाँको सँगै बलिउडको कला–संस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं’ उनले भने ।

बलिउडका लोकप्रिय गायक सोनु निगमका उकाली ओराली गर्दै, फूलको डाली-डालीमा, यो जिन्दगीले के गर्‍यो, यो मायाले मलाई लगायत नेपाली गीत चर्चित छन् । सोनु निगमले पूर्वमिस नेपाल झरना बज्राचार्यसँग फिल्म ‘लभ इन नेपाल’मा समेत अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?