+
+

सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १३:४६

१४ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका १ का ३८ वर्षीय सुरेन्द्र केसी छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले केसीलाई बुधबार पक्राउ गरेको जनाएको छ । भिडियो कल गर्ने क्रममा युवतीलाई गोप्य अंग देखाउन लगाइ रेकर्ड गरेर पीडित र पीडितका आफन्तलाईसमेत पठाएर अपमान र बेइज्जत गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केसीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?