+
+

लम्की महोत्सवका लागि तीन दिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १४:२७

१४ मंसिर, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाले भोलि (शनिबार) तीन दिनसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिएको छ ।

गत ६ मंसिरदेखि लम्कीचुहा महोत्सव जारी छ । आगामी मंसिर १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा नगरपालिकाभित्रका विद्यार्थीका लागि विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता आयोजना भएकाले विद्यालयमा स्थानीय विदा दिइएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले विदाको सूचना जारी गर्दै १४ मंसिरदेखि १६ गतेसम्म स्थानीय विदा भइरहेको बताइएको छ ।

उक्त महोत्सवमा विद्यार्थीहरूले विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणहरूको प्रदर्शन पनि गरिने जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?