+
+

रामेछाप दुर्घटना अपडेट : थप एक मृतकको पहिचान खुल्यो, ३ जनाको बाँकी 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १५:५८

१४ मंसिर, काठमाडौं । रामेछापमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये थप एक जनाको पहिचान खुलेको छ । रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुर कार्की रहेका छन् । उनको ठेगाना भने खुलेको छैन ।

दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शुक्रबार खिम्ती बेताली सडक खण्डबाट ना १ ज ७१२३ नम्बरको जिप ३०० मिटर तल खस्दा ५ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?