+
+

चिनियाँ विदेशमन्त्रीसँग पराष्ट्रमन्त्रीको छेङ्दुमा भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १९:०१

१४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेकी छिन् ।

शुक्रबार चीनको शहर छेङ्दुमा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

विदेशमन्त्री वाङको निम्तोमा छेङ्दु पुगेकी राणाले दुइपक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्तामा सहभागी रहिन् । त्यस क्रममा नेपाल र चीन दुवैतर्फका विदेश मन्त्रालयस्तरीय अधिकारी पनि सामेल रहे ।

परराष्ट्रमन्त्री राणा हिजो (बिहीबार) चीन भ्रमणमा गएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी त्यसतर्फ गएकी हुन् ।

परराष्ट्रमन्त्री राणा भोलि (शनिबार) स्वदेश फर्कने कार्यक्रम छ । उनी आगामी सोमबार प्रधानमन्त्री ओलीसँग पुनः चीन जानेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?