+
+

कमेडी फिल्म ‘जन्ते बाख्रो’को शीर्ष अभिनेत्रीमा गरिमा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते २१:०७

काठमाडौं । सिमोस सुनुवारले निर्देशन गर्ने कमेडी फिल्म ‘जन्ते बाख्रो’को मुख्य अभिनेत्रीमा गरिमा शर्मा अनुबन्धित भएकी छन् । निर्माता र अभिनेत्री शर्माबीच शुक्रबार लिखित समझदारी भएको छ ।

यसअघि यो फिल्मको शीर्ष भूमिकामा सौगात मल्ल र आसिफ शाह अनुबन्धित छन् । ‘लण्डन टु पेरिस’, ‘वर एण्ड वधु’  र ‘ह्रस्व दीर्घ’पछि शर्माको यो चौंथो फिचर फिल्म हो ।

लिड एक्ट्रेसको रुपमा भने यो उनको पहिलो फिल्म हुनेछ । कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । बेहुली भित्राउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । कथावस्तु यसमा आधारित हुनेछ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी हुनेछ । छायांकन हरि हुमागाईंले गर्नेछन् । पुस १ गतेदेखि छायांकन सुरु हुने फिल्मको कार्यशाला २० मंसिरदेखि सुरु हुनेछ ।

जेठमा प्रदर्शन लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?