+
+

कीर्तिपुरमा एनपीएलको रौनक (तस्वीरहरू‍)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ मंसिर १५ गते ११:५५

१५ मंसिर, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा रौनक छ । आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल)  सुरु हुन लागेपछि मैदान दर्शकले भरिएको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीमा विदेशी खेलाडी सहभागी भएका छन् ।

विश्व चर्चित खेलाडीहरु सहभागी हुने भएकोले कीर्तिपुर मैदानमा दर्शकको घुइँचो लागेको हो ।

पहिलोपटक हुन लागेको एनपीएलमा भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् ।

आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । यो खेल हेर्न कर्णाली याक्समा अनुबन्ध भएका धवन पनि मैदानमा पुगेका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?