+
+

एनपीएलमा दर्शकको क्रेज (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १५ गते १४:५७

१५ मंसिर, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।

विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेलमा दर्शकले टीयू मैदान भरिभराउ छ ।

विश्व चर्चित खेलाडीहरु सहभागी भएपछि एनपीएलमा रौनक थपिएको छ । भेट्रान खेलाडीको खेल नजिकबाट नियाल्न पाउँदा क्रिकेट प्रेम उत्साहित छन् ।

उद्घाटन खेलमै दर्शकले विश्व चर्चित न्यूजिल्यान्डका मार्टिन गप्टिलको खेल हेर्न पाए । विराटनगर किंग्सबाट ओपनिङ गरेका उनले ५५ रनको अर्धशतकीय पारी खेले ।

पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीमा एशोसिएटका साथै टेस्ट राष्ट्रका विदेशी खेलाडी सहभागी भएका छन् ।

तस्वीरहरू : विकास श्रेष्ठ, चन्द्रबहादुर आले,  आर्यन धिमाल र सुदर्शन रञ्जित ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?