
१५ मंसिर, सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भोलि हुने उप-निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
नगरपालिकाको वडा नम्बर १ र ४ मा वडाअध्यक्ष पदको लागि हुन लागेको उप-निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
दुबै वडाको ३ वटा मतदान स्थलमा ५ वटा केन्द्र तोकिएको र त्यसका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनले भयरहित र निष्पक्ष रुपमा मतदान सम्पन्न गराउन नेपाल प्रहरीबाट ३५० जना र सशस्त्र प्रहरीबाट १५० गरी ५०० सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि हुन गइरहेको उप-निर्वाचनमा १६ जना उम्मेदबार प्रतिस्पर्धामा छन् भने वडा नम्बर १ मा २ हजार ६ सय ३५ र वडा नम्बर ४ मा १ हजार २ सय ८१ मतदाता छन् ।
प्रतिक्रिया 4