+
+

ग्रामथानमा उपनिर्वाचनको तयारी पूरा,मतगणना स्थल तयार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १५ गते १८:४७

१५ मंसिर, विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। ग्रामथान अध्यक्षका लागि १६ जना उम्मेदवार छन् । आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

ग्रामथानका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले निर्वाचनको सबै तयारी पूरा भएको बताए । उनका अनुसार उपनिर्वाचनका आवश्यक निर्वाचन सामग्री मतदान स्थलमा पुगेको छ । मतदान केन्द्रको निर्माण पनि भइसकेको छ ।

ग्रामथान गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल पनि तयारी अवस्थामा राखिएको छ ।

२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील सूचीमा राखेको छ ।

उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिका प्रवेशद्वारमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिले आज राति राति १२ बजेदेखि भोलि मतदान नसकिएसम्मका लागि सवारीसाधानलाई पालिका प्रवेशमा रोक लगाएको हो ।

मंसिर १६ गतेको निर्वाचन सम्पन्न नभएसम्मका लागि ग्रामथान प्रवेश गर्ने बुढीगंगा गाउँपालिका-७ डंग्राहा, विराटनगर महानगरपालिका– १९ को मिलन चोक, कटहरी गाउँपालिका– ७ को भौडाहा, सुन्दरहरैचा नगरपालिका-१ को हरैंचाबाट अत्यावश्यक बाहेकका सवारीलाई रोक लगाइएको छ।

सडकमा अनुमति लिएका सवारी भने सञ्चालन हुनेछन् । अन्य यात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?