+
+

गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ७:२५

१६ मंसिर, काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको दुर्घटनामा निधन भएकाले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले आज आइतबार गाउँपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत शोक बिदा दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार कार्यालयहरुबाट अत्यावश्यक सेवा प्रवाह भने हुनेछ ।

यही मंसिर १४ गते काठमाडौंबाट गोकुलगंगा गाउँपालिका (बेताली) आउने क्रममा सिमखोलामा ना १ ज ७१२३ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ४ नम्बर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?