+
+

ग्रामथान गाउँपालिकामा मतदान जारी, एक हजार मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ९:३८

१६ मंसिर, विराटनगर । स्थानीय तहको उपनिर्वाचन भइरहेको मोरङको ग्रामथान गाउँपालिकामा मतदान जारी छ । अध्यक्षका लागि बिहान साढे सात बजेबाट मतदान सुरु भएको थियो । ९ बजेसम्म एक हजार मत खसेको छ ।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार एक हजार ७६ मत खसिसकेको छ । उनका अनुसार मतदाताहरु लाइन लागेर मतदान गरिरहेका छन् ।

ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ ।  ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाताले मतदानमा छन् ।

ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?