+
+

दोलखाको गौरीशंकरमा मतदान जारी, २८०० मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १०:५८

१६ मंसिर, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपनिर्वाचनअन्तर्गत उपाध्यक्षका लागि मतदान जारी छ ।

बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार बिहान १०:३० सम्म  २८०० सय मत खसिसकेको छ ।

पालिकाका ९ वडाका १२ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा  मतदान जारी छ । कुल १५ हजार ७ सय १८ मतदाता रहेका छन् ।

मतदानस्थलमा कडा सुरक्षा व्यवस्थापन गरिएको छ । १२ वटा मतदान केन्द्रमा १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी र स्वयम्सेवक २१ जना गरी १२६ जना कर्मचारी खटिएका छन् ।

उपाध्यक्ष पदका लागि ७ वटा दलसहित १६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा नेपाली कांग्रेसले स्वर्गीय श्यामसुन्दर तामाङ्की श्रीमती पासदिकी शेर्पा तामाङ, नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा, नेकपा एमालेबाट उमा लुङगेली मगर शेर्पा, उम्मेदवार छन ।

नेकपा एकीकृत समाजवादीकी रविना खड्का, राप्रपाकी मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीका सपना कार्की पनि चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावमा विशेषगरी तीन ठूला दल कांग्रेस, एमाले र माओवादी बीचमा प्रतिस्पर्धा अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?