
१६ मंसिर, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि भइरहेको उप–निर्वाचनमा १७ प्रतिशतले मतदान गरेका छन् ।
रिक्त वडाअध्यक्ष पदका लागि बिहान ७ बजेदेखि भइरहेको मतदानामा ७३३ जनाले मतदान गरेको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए ।
अहिले सबै मतदान केन्द्रमा उत्साह पूर्वक मतदान भइहरको छ । कुल मतदाता संख्याको १७ दशमलव ९१ प्रतिशतले मतदान गरेका हुन् ।
वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।
वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् । ५ जना राजनितिक दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्री उम्मेदवार छन् ।
स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताए । त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
मतदान सकिएलगत्तै मतगणना पनि वडामै गणना हुने घिमिरेले बताए । त्यसका लागि पनि गणनास्थलको तयारी पनि पूरा भइसकेको छ ।
प्रतिक्रिया 4