+
+

ग्रामथानमा बिहान १० बजेसम्म ४ हजार २ सय मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ११:२२

१६ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा जारी उपनिर्वाचनमा ४ हजार बढी मत खसेको छ । बिहान १० बजेसम्म ४ हजार २०९ मत खसेको हो ।

ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । ७ वटा वडा रहेको ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् । ती मध्ये बिहान १० बजेसम्म ४ हजार २०९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । यो कुल मतदाताको करिब १६ प्रतिशत हो ।

ग्रामथानमा आजैबाट मतगणना सुरु गर्ने तयारी छ । मतपेटिका संकलन पछि सर्वदलीय छलफल गरेर मतणना पनि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?