
१६ मंसिर, काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सुरुवाती कारोबारमा सेयर बजारमा बिक्री चाप बढेको छ ।
कारोबार सुरु भएको आधा घण्टामा नेप्से परिसूचक २७.६३ अंक अर्थात १ प्रतिशत घटेको छ । सो अंकको कमीपछि २७२० मा झरेको छ । कारोबार रकम भने उल्लेख्य छ । आधा घण्टामै १ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकम बढ्नुले कतिपयले बजार घट्दा खरिदको मौकाका रुपमा समेत हेरेको देखिन्छ । आधा घण्टासम्म २५ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने २ को स्थिर रहेको छ ।
व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् । यतिबेलासम्म जीवन बीमा २.२, फाइनान्स २.२, बैंकिङ १.२, हाइड्रोपावर १.६, लगानी १.०, उत्पादन १.३, माइक्रोफाइनान्स १.२, निर्जीवन बीमा ०.९, अन्य १.० प्रतिशत घटेका छन् । व्यापार सेक्टर भने ५.८ प्रतिशत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4