
१६ मंसिर, सुर्खेत । दैलेखको महाबु गाउँपालिकामा मतदान जारी छ । अध्यक्षका लागि बिहानै ७ बजेबाटै शुरु भएको मतदान जारी छ । ११ बजेसम्म तीन हजार मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीका अनुसार तीन हजार ४४ मत खसिसकेको छ । महाबुमा १२ हजार ६१४ मतदाता रहेका छन् । अहिलेसम्म २४.१३ प्रतिसत मत हो ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिका–१३ मा बिहान ११ बजेसम्म ६६६ मत खसेको छ । दुल्लुमा २ हजार ७०६ जना कुल मतदाता रहेको निर्वाचन अधिकृत सलामीले जानकारी दिए ।
महाबुको अध्यक्षमा कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा चुनावी मैदानमा होमिएका छन् । यस्तै राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर पनि चुनावमा होमिएका छन् ।
मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।
प्रतिक्रिया 4