+

शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन

२०८१ मंसिर  १६ गते ११:५३ २०८१ मंसिर १६ गते ११:५३
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन

१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब कर्णाली याक्सको टिमले आज पशुपति दर्शन गरेको छ । टिममा रहेका विदेशी खेलाडीहरू शिखर धवनसहित कर्णाली याक्सको टोलीले पशुपति दर्शन गरेको हो ।

टोलीसँगै कर्णाली याक्सकी प्रवर्द्धन दूत नायिका स्वस्तिमा खड्का पनि पशुपति पुगेकी थिइन् ।

कर्णाली याक्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)मा ज्ञानेन्द्र मल्ल प्रशिक्षणमा मैदान उत्रन लागेको हो । टिमको मार्की खेलाडी सोमपाल कामी मार्की छन् ।

शनिबारदेखि सुरु भएको एनपीएलमा कर्णालीले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । कर्णाली याक्सले भोलि दिउँसो १ बजेदेखि जनकपुर बोल्टस्सँग भिड्दैछ ।

शनिबारको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेको थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

एनपीएल कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय