+
+

बारामा पासो लगाएर झुण्डिएका भारतीय नागरिकको जीवितै उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १२:०३

१६ मंसिर, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरस्थित पानीट्यांकीमा पासो लगाएर झुण्डिएका एक जनाको जीवितै उद्धार भएको छ ।

सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिक अन्दाजी ४० वर्षीय धिरेन्द्र चौधरीको शनिबार जीवितै उद्धार गरेको हो ।

निर्माणधीन पानी ट्यांकीमा काम गर्दै आएका चौधरी झण्डै ३४ मिटर अग्लो पानीट्यांकीमा झुण्डिएका थिए । चौधरीसँगै काम गर्दै आएका अर्का मजदुरले उनले लगाएको पासो खोलेपनि उद्धार गर्न नसकेपछि स्थानीयलाई जानकारी गराएका थिए ।

त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बारा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वालाई जानकारी प्राप्त भएको थियो । लगत्तै उद्धार सामाग्रीसहित खटिएको टोलीले जीवितै उद्धार गरेको सशस्त्र प्रहरी बलका डीएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

चौधरीको राज्यलक्ष्मी अस्पताल कलैया बारामा उपचार भईरहेको र अवस्था सामान्य रहेको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?