+
+

जडिबुटीमा रोकेर राखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १२:१८

१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो ।

सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको खोजी भइराखेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?