
काठमाडौं । घरेलु क्रिकेटको कुम्भमेला नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारबाट सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा दर्शकसँगै संगीत, फेसन र फिल्म सेलिब्रेटीको बाक्लो चहलपहल देखियो ।
तीन साता चल्ने एनपीएलमा कलाकारको व्यस्तता अन्तिमसम्मै देखिनेछ । किनभने पछिल्लो समय चलेका कलाकारलाई एनपीएलका आठवटै क्लबले व्यावसायिक दूत नियुक्त गरिसकेका छन् । यसरी नियुक्त गरिएका कलाकारसहितका सेलिब्रेटी शनिबार क्रिकेट मैदान वरपर देखिए ।
कलाकारले आ–आफ्नो टिमको पछिल्लो माहोल सिर्जना गर्न सामाजिक सञ्जालदेखि दर्शकदीर्घसम्म अभियान चलाएका छन् । राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ राई, रचना रिमाल, सन्दीप क्षेत्री लगायत सेलिब्रेटी दूत नियुक्त भइसकेका छन् । यीबाहेक अन्य कलाकार पनि मैदानमा देखिए ।
एनपीएल उद्घाटन समारोहमा त्रिशला गुरुङले सांगीतिक प्रस्तुति दिइन् । उनले ‘रातो र चन्द्रसूर्य’ गीत गाएर माहोललाई रोमाञ्चक तुल्याउने प्रयास गरिन् । क्रिकेट मैदान र संगीत तथा फिल्मको यो संयोजन एनपीएपल अवधिभर देख्न पाइनेछ ।
तस्वीर
प्रतिक्रिया 4