+
+

सुदूरपश्चिममा २८ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १३:१६

१६ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा २८ प्रतिशत मतदान भएको छ । स्थानीय तहमा रिक्त एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा दिउँसो १२ बजेसम्म २८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जानकारी दिए । उनकाअनुसार उपाध्यक्षका लागि उपनिर्वाचन भइरहेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा २२ प्रतिशत मतदान भएको छ ।

कुल सात हजार ४६० मतदाता रहेकोमा १२ बजेसम्म एक हजार ७०६ जनाले मतदान गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षका लागि नेपाली कांग्रेसकी पुत्लीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र एकीकृत समाजवादी पार्टीकी जवा शाही प्रतिस्पर्धामा छन् ।

वडाध्यक्षका लागि मतदान भइरहेको बझाङको सुर्मा गाउँपालिका-४ मा भने ५० प्रतिशत मत खसिकेको छ । सुर्मा गाउँपालिका-४ मा कुल एक हजार ५५४ मतदाता रहेकोमा ८२६ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षका लागि भइरहेको मतदानमा २४ प्रतिशत मत खसेको छ । कुल पाँच हजार ४३४ मतदाता मध्ये एक हजार ३४८ जनाले मतदान गरिसकेका छन् ।

यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका-५ मा ३१ प्रतिशत मत खसेको छ । कुल एक हजार २७२ मतदाता मध्ये ३९५ जनाले मतदान गरेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका-६ मा पनि २१ प्रतिशत मत खसेको छ । एक हजार ५९३ मतदाता मध्ये दिउँसो १२ बजेसम्म ३४२ मत खसेको छ ।

सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?