
१६ मंसिर, सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका ५ हजार ४४७ मत खसेको छ । यो कुल मतदाताको ४३ प्रतिशत मत हो । जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीका अनुसार दिउँसो एक बजेसम्म ५ हजार ४४७ जनाले मतदान गरेका छन् ।
महाबुको अध्यक्षका लागि बिहानै ७ बजेबाटै सुरु भएको मतदान जारी छ । जम्मा १२ हजार ६१४ मतदाता रहेको महाबुमा ९ मतदान स्थल र १६ वटा केन्द्र तोकिएको छ ।
महाबुको अध्यक्षमा कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा चुनावी मैदानमा होमिएका छन् । यस्तै राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर पनि चुनावमा होमिएका छन् ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिका-१३ मा दिउँसो एक बजेसम्म एक हजार २१८ मत खसेको छ । यो मत ४५ प्रतिशत हो । दुल्लुमा दुई हजार ७०६ जना कुल मतदाता रहेको निर्वाचन अधिकृत सलामीले जानकारी दिए ।
मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।
प्रतिक्रिया 4