१६ मंसिर, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्याय गरेको भन्दै ६ खेल संघले आईतबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले आफूले पनि एनओसीको सदस्यता पाउनुपर्ने माग गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत उनीहरूले पाँचवटा कुराको उल्लंघन भएको आरोप लगाएका छन् । उनीहरूले सदस्यता र निर्णय प्रक्रियाबाट राष्ट्रिय संघहरूको बहिष्कार हुनु तथा वित्तीय व्यवस्थापन र छनोट प्रक्रियामा पारदर्शिताको अभाव भएको आरोप लगाएका छन् ।
त्यसैगरी आईओसीबाट अनुमोदित एनओसी संविधानद्वारा आवश्यक समयमै लोकतान्त्रिक चुनाव गराउन असफल भएको उनीहरूको आरोप छ । ओलम्पिज्मका समावेशीता, पारदर्शिता, र निष्पक्ष खेलको लागि प्रतिबद्धता सिद्धान्तहरूको उल्लङ्घन भएको र राष्ट्रिय खेलकुद कानूनको उल्लंघन समेत भएको उनीहरूको आरोप छ ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघका अध्यक्ष रमेश पाैडेलले सदस्यता दिन आग्रह गरेको भएपनि एनओसीले नमानेको आरोप लगाए ।
त्यसैगरी नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने, ‘हामीलाई सधैं झुलाउने काम भइरहेको छ ।उहाँहरु नियम मिचेर विशेष साधारण सभा गर्दै हुनुहुन्छ । हामीले एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय खेलमा सहभागिता समेत प्रभावित बनेको छ ।
विज्ञप्ति :
प्रतिक्रिया 4