+
+

मुसिकोट–१ को उप–निर्वाचनमा ५४ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १५:४५

१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ को अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५४ प्रतिशतले मतदान गरेका छन् । दिउँसो ३ बजेसम्म २ हजार २ सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत ऋषिराम घिमिरेले बताए ।

अहिले सबै मतदान केन्द्रमा मतदाताको संख्या कम हुँदै गएको छ । कुल मतदाता संख्याको ५४ दशमलव ३ प्रतिशतले मतदान गरेका हुन् ।

वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् ।
५ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् ।

स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन भएको हो । मतदान सकेलगत्तै मतगणना पनि वडामै गणना हुने र गणनास्थल तयारी अवस्थामा राखिएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?