+
+

सप्तरीको डाक्नेश्वरीमा ६९.४३ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १६:२९

१६ मंसिर, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६९.४३ प्रतिशत मतदान भएको छ ।

डाक्नेश्वरीको वडा नम्बर १ र ४ वडामा अध्यक्ष पदका लागि भएको दिउँसो ३:३० बजेसम्‍म ६९.४३% मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

3 मतदान स्थल र ५ वटा मतदान केन्द्र रहेको डाक्कनेश्वरीमा कुल ३ हजार ९४२ मतदाता रहेका छन् ।

ढाक्नेश्वरीको वडा १ मा कविलासामा २ मतदान केन्द्र रहेका छन् ।

१ हजार ३१९ मतदाता रहेको वडा ४ मा २ वटा मतदान केन्द्र रहेका छन् ।

दुवै वडाको मतगणना आजै नगरपालिकाको कार्यालयमा गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?