+

एनपीएल खेल्न जिम्मी नीशम काठमाडौं आइपुगे

२०८१ मंसिर  १६ गते १६:५४ २०८१ मंसिर १६ गते १६:५४
एनपीएल खेल्न जिम्मी नीशम काठमाडौं आइपुगे

१६ मंसिर, काठमाडौं ।  न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् ।

नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नेछन् । पहिलो पटक नेपाल आएका निसमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए । उनले बोल्ट्समा रहेका बेन माइकसँग पहिला पनि सँगै खेलेको बताए ।

निसमलाई जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र एमडी निरोज खतिवडा लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

एनपीएलको उद्घाटन खेलमा शनिवार बोल्ट्सले विराटनगर किंग्सलाई हराएर विजयी सुरुवात गरेको छ । निसमले पहिलो खेल गुमाएका थिए । निसमको बगमनपछि जनकपुर बोल्ट्स अझ बलियो बनेको छ ।

जनकपुरमा अनुबन्ध हुने उनी सबैभन्दा ठूला खेलाडी हुन् हुन् । ३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी-२० आई खेलेका छन् ।

उनीसँग इन्डियन प्रिमियर लिगदेखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ ।

सन् २०१९ को वानडे वर्ल्डकप र २०२१ को टी-२० वर्ल्डमा न्युजिल्याण्ड उपविजेता बन्दा निसम टिमको सदस्य थिए ।

निसमले गत जुनमा वेष्टइन्डिज र अमेरिकामा भएको आईसीसी टी-२० विश्वकपमा पनि खेलेका थिए ।

विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरले नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुद दासानायकेलाई मुख्य प्रशिक्षक छन् ।

जिम्मी निसम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय