+
+

पर्यटन मन्त्रालयका सबै छपाइ अब प्रज्ञा प्रतिष्ठानको छापाखानामा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १७:३६

१६ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत सबै निकायका छपाइ अब प्रज्ञा छापाखानाबाट गर्ने भएको छ ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आइतबार बसेको बैठकले मन्त्रालय मातहत सबै निकायबाट हुने छपाइ सम्बन्धी काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको हो ।

बैठकले प्रज्ञा छापाखानाको क्षमता अनुसार गर्न सकिने छपाइका कामको विवरण सहित जानकारी र प्रतिष्ठानको छपाइ सम्बन्धी कार्यविधि उल्लेखित सबै निकायलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय समेत गरेको छ ।

यो निर्णयले हाल सञ्चालन क्षमताको १५ प्रतिशतमात्र सञ्चालित छापाखाना पूर्णक्षमतामा सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । यसबाट वार्षिक १२ करोड रुपैयाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाट हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले छपाइमा खर्च हुने ३ देखि ४ करोड रुपैयाँ समेत जोगिने जनाएको छ । यसअघि मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठान भ्रमण गरी छापाखानालाई कसरी पूर्णरूपमा सञ्चालनमा ल्याउने भन्नेबारे प्राज्ञहरूसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?