१६ मंसिर, काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नेछन् ।
पहिलोपटक नेपाल आएका नीशमको पञ्चेबाजासहित विमानस्थलमा भव्य स्वागत भएको थियो । उनको स्वागतमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र एमडी निरोज खतिवडा लगायतल सहभागी थिए ।
नेपाल आएपछि नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए । उनले बोल्ट्समा रहेका बेन माइकसँग पहिला पनि सँगै खेलेको बताए ।
तस्वीरहरू :
प्रतिक्रिया 4