+
+

डाक्नेश्वरीमा सर्वदलीय बैठक बस्दै, आजै रातिदेखि मतगणना गरिने

आजै साँझ सर्वदलिय बैठकपछि डाक्नेश्वरी नगरपालिकाको कार्यालयस्थित हलमा रातिदेखि  मतगणना सुरू हुने  निर्वाचन अधिकृत दिपक कुमार दहालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १७:५०

१६ मंसिर, सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतदान कार्य सम्पन्न भएको छ । यो पालिकामा वडाध्यक्षका लागि मतदान भएको हो ।

मतदान सकिएपछि मतपेटिका मतगणना स्थलमा ल्याइ सकिएको छ भने राजनीतिक दलहरू छलफलमा जुट्दैछन् ।

सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन अधिकृत दिपक कुमार दहालले जानकारी दिए ।

उनका अनुसार आजै साँझ सर्वदलिय बैठकपछि डाक्नेश्वरी नगरपालिकाको कार्यालयस्थित हलमा रातिदेखि  मतगणना सुरू हुने  बताए ।

दुई वडाध्यक्ष पदका लागि विहान ७ बजे देखि शुरु भएको मतदानमा १६ जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?