+
+

ग्रामथानमा ७१.३ प्रतिशत मत खस्‍यो, सर्वदलीय बैठक बस्‍दै

मतदानपछि मतपेटिका संकलन भइरहेको छ। आजै सर्वदलीय बैठकपछि ग्रामथान गाउँपालिकाको कार्यालयमा मतगणना सुरु गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १८:०६

१६ मंसिर, विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षका लागि भएको निर्वाचनमा १८ हजार ५ सय ७७ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार १८ हजार ५ सय ७७ मत खसेको हो । यो कुल मतदाताको ७१‍.३ प्रतिशत हो । ग्रामथानमा २६ हजार ४४ मतदाता छन् ।

ग्रामथानमा ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय जना पुरुषले मतदान गरेको छन् । पुरुषभन्दा ७७७ बढी महिलाले मतदान गरेका हुन् ।

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

मतदानपछि मतपेटिका संकलन भइरहेको छ। आजै सर्वदलीय बैठकपछि ग्रामथान गाउँपालिकाको कार्यालयमा मतगणना सुरु गर्ने तयारी छ ।

मतगणना स्थल तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?