
१६ मंसिर, काठमाडौं । सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि भएको मतदानमा ८ सय ८९ मत झरेको छ । यहा १ हजार ५ सय २८ मतदाता रहेका थिए ।
मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार सरस्वती मावि कुञ्जारी मतदान स्थलमा ३ सय २६ पुरुष र २ सय ८९ महिला गरी ६ सय १५ मत खसेको छभने दुर्गा मावि ओसे मतदानस्थलमा पुरुष १ सय ६० र महिला १ सय १६ गरी २ सय ७६ मत खसेको छ।
सरस्वती मावि कुञ्जारी मतदान स्थलमामा १ हजार २६ र दुर्गा मावि ओसे मतदानस्थलमा ५ सय २ मतदाता थिए । दुबै मतदानस्थलमा गरी ५८.१८ प्रतिशत मत खसेको छ ।
यहा नेपाली काँग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा एमालेका कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र)का अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू गरी ५ जना उम्मेदवार छन् ।
मतगणना पनि आइतवार रातिबाटै सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले मतगणना सुरु गर्ने प्रकृयामा सर्वदलिय बैठक बोलाईएको र बैठक पछि तत्कालै मतगणना सुरु गर्ने बताए । मतगणनाका लागि तारजालीले बारेर मतगणनास्थल बनाइएको छ।
प्रतिक्रिया 4