
१६ मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् ।
सेजनको २८औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशीको सो अवार्ड प्रदान गरेका हुन् ।
उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटिबारे समाचार लेखेका थिए । सोही समाचारका लागि उनलाई अवार्ड प्रदान गरिएको हो ।
साथै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ ।
डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड भागवत भट्टराईलाई प्रदान गरिएको । यसैगरी प्रिन्ट मिडिया अवार्ड कौशिला कुँवर र डिजिटल अवार्ड कमल धिताललाई प्रदान गरिएको छ ।
स्वर्गीय सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरूलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया 4