+
+

‘कन्दरा ब्याण्ड संगीत र साहित्यलाई जोड्न चाहन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २०:०२
कन्दरा ब्याण्डका भोकलिस्ट विवेक श्रेष्ठ आयोजित समारोहमा बोल्दै ।

काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराका प्रमुख गायक विवेक श्रेष्ठले संगीत र साहित्यको संगत जरुरी रहेको बताएका छन् । बाह्रखरी कथा प्रतियोगिताको विजेता घोषणा गर्न आइतबार आयोजित समारोहमा पपस्टारले संगीत र साहित्यबीच संयोजनबारे कुरा राखे ।

साहित्यसँग संगीत जोडिएको बताउँदै उनले साहित्यसँग संगीतले संगत गर्न जरुरी रहेको धारणा राखे । ‘संगीतमा साहित्य जोडिएर मात्रै हुँदैन । संगत पनि हुनुपर्ने देखेको छु’ उनले भने ।

साहित्य सरलरुपमा प्रस्तुत गरेर संगीतमा ल्याउनुपर्नेमा उनको जोड छ । कन्दरा ब्यान्ड साहित्यकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए । ब्यान्डले आफ्ना हिट गीतमा सरुभक्तसहितका केही चर्चित साहित्यकारसँग पनि सहकार्य गरेको छ ।

यसअघि अनलाइनखबरसँगको अन्तर्वार्तामा पनि गायक श्रेष्ठले संगीत र साहित्यताको संयोजनबारे जोड दिएका थिए । उनले पछिल्लो समय नेपाली संगीतमा साहित्य हराएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

यो लोकप्रिय लोकरक ब्यान्ड यतिबेला देशब्यापी सांगीतिक दौडाहामा छ । उसले पोखरा र काठमाडौंमा दुई भव्य कन्सर्ट सम्पन्न गरिसकेको छ । नेपालगञ्ज, बुटवल र चितवनमा टूर गर्ने तयारी छ । जनवरी १ देखि विश्व यात्रामा निस्कने ब्यान्डको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?