
१६ मंसिर, गोरखा । गोरखा नगरपालिका–५ मा वडाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठक सकिएसँगै केहीबेर अघिदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए ।
वडा ५ को कार्यालयमा जारी मतगणना स्थललाई तारजालीले बारेर सुरक्षित गरिएको छ भने निगरानीका लागि सीसी क्यामेरा समेत जडान गरिएको छ ।
कुल १ हजार ३७३ मत खसेकाले मतगणना राति नै सकिने कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4