+
+

ककनी–२ को मतपरिणाम आजै आइसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २०:१५

१६ मंसिर, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाअध्यक्ष पदको नतिजा आजै आउने भएको छ । काउलेथाना निर्वाचन कार्यालयमा मतपेटिका ल्याइएको र केहीबेरमा सर्वदलीय बैठक राखेर मतगणना सुरु हुने मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत सुनिल आचार्यले जानकारी दिए ।

आजै अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने पनि उनले बताए ।

यहाँ ७० दशमलव शुन्य ६८ प्रतिशतले मतदान गरेका छन् । रिक्त वडाध्यक्षपदको मतदानमा २ हजार २२५ जनाले मतदान गरेका छन् ।

यस वडामा कुल मतदाता संख्या ३ हजार १७३ जना मतदाता थिए। जसमध्ये १ हजार ३० मतदातामध्ये ७ सय ४ जनाले मतदान गरेका छन् ।

यसैगरी, अर्को मतदानस्थल ओखरपौवाको शिवालय माविमा २ हजार ६१ जना मतदाता रहेकोमा १ हजार ५२१ जनाले मतदान गरेका छन् ।

यस वडामा वडाअध्यक्ष पदका लागि ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?