
१६ मंसिर, विराटनगर। ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय छलफल सुरु भएको छ ।
छलफलपछि आज राति १० बजेबाट मतगणना सुरु गर्ने तयारी छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार ७१.३३ प्रतिशत मत खसेको छ ।
७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए। तीमध्ये १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएको पौडेलले बताए।
मतदानमा पुरुषभन्दा बढी महिला सहभागी भएका छन् । ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष मतदानमा सहभागी भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4