+
+

दिनेश राउत ‘महाभोज’ निर्देशन गर्दै, यस्तो छ कलाकारको लाइनअप

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १३:४६
निर्देशक दिनेश राउत (दायाँ) र अभिनेता आर्यन सिग्देल ।

काठमाडौं । दिनेश राउतको निर्देशनमा सोसल ड्रामा फिल्म ‘महाभोज’ निर्माण हुने भएको छ । माघको पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई जेठमा प्रदर्शनको तयारी छ ।

विकास सुवेदीको पटकथा लेखन रहने फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, मलिका महत, अञ्जना बराइलीको शीर्ष भूमिका हुनेछ । निर्देशक राउत र पटकथा लेखक सुवेदी दुबैले फिल्मबारे जानकारी दिए ।

केही दिनमा औपचारिक घोषणा गर्ने तयारी छ । सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मलाई यसअघि ‘नाङ्गो गाउँ’ निर्माण गरेको ब्यानर क्लर्क वर्क क्रिएसनले निर्माण गर्नेछ । यसअघि ‘गावैं रमाइलो’ शीर्षकमा निर्माताले निर्माण थालेका थिए । शीर्षक परिवर्तन गरेर ‘महाभोज’ राखिएको हो ।

‘सामाजिक कथावस्तुमा फिल्म बन्नेछ । महाभोज शीर्षकले कथावस्तुलाई न्याय गर्ला भनेर यो नाम राखेका हौं’ लेखक सुवेदीले भने, ‘यसमा प्रमुख कलाकारको समानान्तर भूमिका हुनेछ ।’ निर्देशक राउतले पनि जेठमा प्रदर्शन लक्ष्य राखिएको बताए । ‘ठ्याक्कै यही मिति भन्ने छैन । जेठमा टार्गेट हो’ उनले भने ।

पोखरा आसपासमा फिल्म छायांकनको तयारी छ । राउतले यसअघि प्रसाद, प्रकाश, पूजार सार्कीजस्ता सामाजिक कथावस्तुका फिल्म निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?